मंगलवार, आश्विन १३,२०८३ 08:30:37
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:30:37
Bizshala
Global IME Bank Limited

खुद ब्याज आम्दानीसँगै २४३% ले बढ्यो सूर्योदय वोमी लघुवित्तको नाफा

Bizshala
खुद ब्याज आम्दानीसँगै २४३% ले बढ्यो सूर्योदय वोमी लघुवित्तको नाफा
New Office

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले ७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २४३.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा संस्थाले २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २८.२९ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्ममा संस्थाले ४८ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै अघिल्लो आवमा १० करोड ४ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ९ करोड ९९ लाखमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको खुद सञ्चालन आम्दानी ५५ करोड ५० लाख रहेको छ। संस्थाको रिजर्भको आकार १२.०८ प्रतिशतले बढ्दै ४० करोड ६३ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ भने २० करोड ४१ लाख रुपैयाँबाट घटेर ३ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको निक्षेप संलकन ५ अर्ब ३९ करोड र कर्जा प्रवाह ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात ६.२० प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ४६ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.४८ रुपैयाँ, प्रतिसयर नेटवर्थ १४०.१६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ११७.९५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७५.९७ गुणा र तरलता अनुपात ४.४२ प्रतिशत रहेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.