सोमबार, असार २,२०८२ 10:38:57
  • सोमबार, असार २,२०८२ 10:38:57
Global IME Bank Limited

खुद ब्याज आम्दानीसँगै २४३% ले बढ्यो सूर्योदय वोमी लघुवित्तको नाफा

Hyundai Nepal
खुद ब्याज आम्दानीसँगै २४३% ले बढ्यो सूर्योदय वोमी लघुवित्तको नाफा
Nabil Bank Limited

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले ७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २४३.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा संस्थाले २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा २८.२९ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्ममा संस्थाले ४८ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै अघिल्लो आवमा १० करोड ४ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ९ करोड ९९ लाखमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको खुद सञ्चालन आम्दानी ५५ करोड ५० लाख रहेको छ। संस्थाको रिजर्भको आकार १२.०८ प्रतिशतले बढ्दै ४० करोड ६३ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ भने २० करोड ४१ लाख रुपैयाँबाट घटेर ३ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको निक्षेप संलकन ५ अर्ब ३९ करोड र कर्जा प्रवाह ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात ६.२० प्रतिशतबाट घटेर ५.२६ प्रतिशतमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ४६ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.४८ रुपैयाँ, प्रतिसयर नेटवर्थ १४०.१६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ११७.९५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७५.९७ गुणा र तरलता अनुपात ४.४२ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.