बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सूर्योदय वोमी लघुवित्तको आग्रह
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्ने सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । संस्थाले गत साउन ३२ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित आव २०७९/८० को १४.००५१४३ प्रतिशत बोनस सेयर बापत लाग्ने कर रकम सम्पूर्ण सेयरधनीहरुले जम्मा गर्नुपर्ने जनाएको छ...