सोमबार, असार २,२०८२ 01:58:09
  • सोमबार, असार २,२०८२ 01:58:09
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको नाफा र आम्दानी दुवैमा गिरावट, ईपीएस पनि घट्यो

Hyundai Nepal
सूर्योदय वोमी लघुवित्तको नाफा र आम्दानी दुवैमा गिरावट, ईपीएस पनि घट्यो
Nabil Bank Limited

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । वित्तीय विवरण अनुसार संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५९.३१ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा संस्थाले ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १३.८४ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्ममा संस्थाले ३७ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

समीक्षा अवधिसम्म संस्थाको कुल सञ्चालन आम्दानी १३.५३ प्रतिशतले घटेर ४३ करोड १८ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाले कर्मचारीको तलब लगायतका सेवा सुविधाका लागि ३२ करोड ८४ लाख र अन्य सञ्चालनका लागि ६ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको रिजर्भको आकार १.४६ प्रतिशतले बढ्दै ३४ करोड ७० लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ पनि १५ करोड ७६ लाख रुपैयाँले बढेर १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ४ अर्ब ७९ करोड ९५ लाख र कर्जा प्रवाह १० अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात ६.२० प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात ७.६६ प्रतिशत कायम थियो । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४ करोड ७३ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) घटेको छ । संस्थाको ईपीएस ९.४९ रुपैयाँबाट घटेर ३.३६ रुपैयाँमा सीमित बनेको छ । संस्थाको प्रतिसयर नेटवर्थ १५७.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २५६.१९ रुपैयाँ,मूल्य आम्दानी अनुपात २२६.०३ गुणा र तरलता अनुपात ४.७७ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.