मंगलवार, फाल्गुन ५,२०८२ 03:37:10
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:37:10
Bizshala
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको वित्तीय अवस्थामा आकर्षक सुधार, कुन सूचकमा कति अब्बल ?

सूर्योदय वोमी लघुवित्तको वित्तीय अवस्थामा आकर्षक सुधार, कुन सूचकमा कति अब्बल ?
Shivam Cement

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्थामा आकर्षक सुधार भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले अधिकांश सूचकमा राम्रो प्रगति गरेको छ ।  

संस्थाले उक्त अवधिमा ६ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ४ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

संस्थाको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १३८.३७ प्रतिशतले बढेको छ । पहिलो त्रैमाससम्ममा संस्थाले २० करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

यस्तै खुद शुल्क तथा कमिशन आम्दानी पनि २ करोड ८० लाखबाट बढेर ३ करोड ११ लाख पुगेको छ  । समीक्षा अवधिसम्म संस्थाको खुद सञ्चालन आम्दानी २३ करोड २९ लाख र सञ्चालन मुनाफा ८ करोड ९२ लाख रहेको छ। संस्थाको रिजर्भको आकार ३.६५ प्रतिशतले बढ्दै ४० करोड ४४ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ पनि ११ करोड ३ लाख रुपैयाँबाट बढेर १८ करोड ८७ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ५ अर्ब ७३ करोड र कर्जा प्रवाह ११ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात ६.३० प्रतिशतबाट घटेर ५.६४ प्रतिशतमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ८४ लाख रहेको छ ।  

अघिल्लो आवमा १८.०८ रुपैयाँले ऋणात्मक रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २२.५८ रुपैयाँले धनात्मक बनेको छ । संस्थाको प्रतिसयर नेटवर्थ १५०.९२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १५३.३९ रुपैयाँ,मूल्य आम्दानी अनुपात २८.९६ गुणा र तरलता अनुपात ९.१९ प्रतिशत रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.