काठमाण्डौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा दोस्रो दिनसम्म मागको तुलनामा ३०५ गुणा बढी आवेदन परेको छ ।
सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि ९ लाख ५३ हजार ८८३ आवेदकहरुबाट १ अर्ब ४२ करोड ८३ लाख ८० हजार रुपैयाँबराबरको १ करोड ४२ लाख ८३ हजार ८०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।
संस्थाले गत शुक्रबारदेखि कुल ४६ लाख ७२ हजार ९५४।५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गरेको छ ।
एफपीओको निष्कासन बन्द छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।