मंगलवार, आश्विन १३,२०८३ 08:35:39
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:35:39
Bizshala
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको खुद नाफा १४२.७६% ले बढ्यो, ब्याज आम्दानी रु.८१.४२ करोड

Bizshala
सूर्योदय वोमी लघुवित्तको खुद नाफा १४२.७६% ले बढ्यो, ब्याज आम्दानी रु.८१.४२ करोड
New Office

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आवको अन्त्यसम्म १३ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १४२.७६ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । 

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई दिएको कर्जा पुनर्संरचनाको सहुलियतले सूर्योदय वोमी लघुवित्तको खराब कर्जा अनुपात घटेर ब्याज आम्दानी बढेपछि नाफामा उल्लेख्य सुधार देखिएको हो । सो अवधिसम्म यो संस्थाको खुद ब्याज आम्दानी पनि २४.०८ प्रतिशतले बढेर ८१ करोड ४२ लाख ६१ हजार रुपैयाँ पुगेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा कम्पनीको आम्दानी ६५ करोड ६२ लाख रुपैयाँ मात्रै थियो । अघिल्लो आवमा ६.११ प्रतिशत रहेको कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) १.४१ अंकले घटेर ४.७० प्रतिशतमा झरेको छ । कम्पनीले गत आवमा ५ अर्ब ५२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ५ अबै ४४ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

साथै संस्थाको कर्जा परिचालन ७.३१ प्रतिशत बढेर ११ अर्ब ९२ करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने संस्थाले ११ अर्ब १० करोड ७७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको् थियो । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड ६८ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ ११ करोड ३ लाख रुपैयाँ र रिभर्जमा ३९ करोड २ लाख रुपैयाँ संचित रहेको छ । गत आवमा संस्थाको इपीएस १२.५० रुपैयाँ, नेटवर्थ १४५.२५ रुपैयाँ, तरलता अनुपात ८.२७ प्रतिशत, पीई रेसियो ६०.८० गुणा, बेस रेट १३.३७ प्रतिशत, सिडि रेसियो १११.२८ प्रतिशत रहेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.