काठमाण्डौ । ताईवानको हवाई कम्पनी‘चाइना एयरलाइन्स’ले बोईङको १४ वटा ७७७एक्स वाइड बडी विमान अर्डर गरेको छ । यसबारे बोइङले जानकारी दिएको हो ।
कुल १४ वटा विमानको अर्डरमध्ये १० वटा बोइङ ७७७–९ यात्रुवाहक विमान र चारवटा बोइङ ७७७–८ मालसामान ढुवानी गर्ने विमान रहेको कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले थप ५ वटा ७७७–९ र चारवटा ७७७–८ ढुवानी गर्ने विमान खरिद गर्ने विकल्प समेत पेश गरेको छ ।
ताइवानको सबैभन्दा ठूलो विमान कम्पनीले चाइना एयरलाइन्सले गत डिसेम्बर महिनामा १० वटा बोइङ ७७७–९ र १० वटा एयरबस ए३५०–१००० तथा चारवटा ढुवानी गर्ने विमान ७७७–८, ११.९ बिलियन डलरमा खरिद गर्ने जनाएको थियो ।
नयाँ विमानको डेलिभरी सन् २०२९ देखि हुने जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।