मंगलवार, असार ३,२०८२ 03:52:52
  • मंगलवार, असार ३,२०८२ 03:52:52
Global IME Bank Limited

नेप्सेमै अड्कियो ‘एसएमइ प्लेटफर्म’, धितोपत्र बोर्डमा पनि परेन एउटै आवेदन

Hyundai Nepal
नेप्सेमै अड्कियो ‘एसएमइ प्लेटफर्म’, धितोपत्र बोर्डमा पनि परेन एउटै आवेदन
Nabil Bank Limited

काठमाण्डौ । साना तथा मझौला कम्पनीलाई पूँजीबजारमा प्रवेश गराउने अवधारणा बोकेको एसएमई प्लेटफर्म नेप्सेमै अड्केको छ । स्रोतका अनुसार नेप्सेले यससम्बन्धी सम्पूर्ण काम सकेता पनि नेप्सेका अध्यक्ष शोभाकर पौडेलको अनिच्छाका कारण बोर्डबाट पारित हुन सकेको छैन ।  

पौडेल छिट्टै बढुवा हुन लागेको र उनको ठाँउमा अर्थ मन्त्रालयबाट नयाँ मान्छे आउने भएकाले पौडेलले रुची नराखेको हुन सक्ने नेप्सेस्थित एक उच्च स्रोतले जानकारी दियो । नेप्सेमा सीईओ नभएता पनि यस विषयमा सबै काम अघि बढेको थियो । तर मूल नेतृत्वको अनिच्छाकै कारण यो विषय अघि बढ्न सकेको छैन । उता एसएमई प्लेटफर्म बोर्डबाट पास नभएता पनि धितोपत्र बोर्डमा साना तथा मझौला उद्यमीहरुले प्राथमिक सेयर निष्कासनका लागि आवेदन भने दिन सक्नेछन् । तर हालसम्म धितोपत्र बोर्डमा पनि कुनै पनि कम्पनीहरुले सेयर निष्कासनका लागि आबेदन भने दिएका छेनन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एसएमईसम्बन्धी नियमावलीमा २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीहरुले छुट्टै प्लेटफर्ममार्फत सार्वजनिक निष्कासन गर्ने व्यबस्था गरेको छ । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारणमा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ । सर्वसाधारणले यस्ता कम्पनीको आईपीओ भर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ । नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्ने मर्चेन्ट बैंकरले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।  

दोस्रो बजारमा पनि ५ सय कित्ताको नै सेयर कारोबार हुने छ । यहि कारण सेयर बजारमा यसको चलखेल नहुने धितोपत्र बोर्डको तर्क रहेको छ । तर केही बजार जानकारहरुले भने अहिले खेलाडीेले लो क्याप कम्पनी उचाले जस्तै गरि साना तथा मझौला कम्पनीको सेयर पनि दोस्रो बजारमा उचालिन सक्ने तर्क पनि गरेका पाइन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.