मंगलवार, आश्विन १३,२०८३ 08:49:00
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:49:00
Bizshala
Global IME Bank Limited

मकर जितुमाया सुरीको नाफा ३६३% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

Bizshala
मकर जितुमाया सुरीको नाफा ३६३% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६३.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड २० लाख खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ३१ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६५.३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत १९ करोड रुपैयाँ कमाएको थियो ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीको कर्मचारी खर्च १ करोड ५७ लाख,प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ७० लाख र वित्त खर्च १३ करोड ७७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पानीको वित्त खर्च १० करोड ८० लाख रहेको थियो ।  

कम्पनीको रिटेन्ड अर्निङको आकार ४ करोड १८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ९५ लाख र कुल चालु दायित्व ४० लाख ३५ हजार रुपेयाँ छ । कम्पनीको चुक्तापुँजी ७६ करोड रुपैयाँबराबरको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.७७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०५.५१ रुपैयाँ र रिर्टन अन इक्विटी ६.८६ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.