बिहीबार, श्रावण १४,२०८३ 01:18:48
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:18:48
Bizshala
Global IME Bank Limited

माउन्टेन इनर्जीको नाफा ५०% ले बढ्यो, आम्दानीमा पनि २५% को सुधार

माउन्टेन इनर्जीको नाफा ५०% ले बढ्यो, आम्दानीमा पनि २५% को सुधार
New Office

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५०.४५ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ३० करोड ९१ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले ६९ करोड २२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५५ करोड १७ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको प्रशासनिक खर्च २ करोड ८१ लाख र हा्रसकट्टी खर्च ३३ लाख ६ हजार रहेको छ । साथै कम्पनीको वित्त खर्च १८ करोड १७ लाख रहेको छ । अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च २० करोड ७८ लाख रहेको थियो । कम्पनीको वित्त आम्दानी ७० लाख १८ हजारबाट घटेर १४ लाख ४६ हजारमा सीमित बनेको छ ।  

यस अवधिमा कम्पनीको चुक्तापुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)१७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.६६ गुणा र तरलता अनुपात २.९८ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.