सोमबार, असार २,२०८२ 03:48:03
  • सोमबार, असार २,२०८२ 03:48:04
Global IME Bank Limited

लघुवित्त संस्थाहरुको मुनाफा २२.८७% ले बढ्यो, २२ वटाको खराब कर्जा ५% माथि

Hyundai Nepal
लघुवित्त संस्थाहरुको मुनाफा २२.८७% ले बढ्यो, २२ वटाको खराब कर्जा ५% माथि
Nabil Bank Limited

काठमाण्डौ । हालसम्म ३६ लघुवित्त संस्थाले मात्रै चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । रिर्पोटअनुसार अधिकांश लघुवित्त संस्थाको मुनाफामा सुधार देखिएको छ ।  

नेप्सेमा कुल ५० वटा लघुवित्त संस्था सूचीकृत छन्, जसमध्ये ७२ प्रतिशत वा ३६ संस्थाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने  २८ प्रतिशत अर्थात् १४ वटाको रिर्पोट प्रकाशित हुन बाँकी छ ।  

संस्थाहरुले प्रकाशित गरेको रिर्पोटअनुसार अधिकांश संस्थाको मुनाफा उकासिएको देखिएपनि खराब कर्जा अनुपात (एनपीएल)भने त्यति सुधारोन्मुख देखिएको छैन । वित्तीय विवरण प्रकाशित गरेका संस्थामध्ये अझैपनि २२ वटा संस्थाको एनपीएल ५ प्रतिशतभन्दा माथि छ, जुन नेपाल राष्ट्र बैंकले तोकेभन्दा बढी हो ।  

रिर्पोटअनुसार दुई लघुवित्त संस्था मात्रै घाटामा देखिएका छन् भने ३४ संस्था नाफामा उक्लिएका छन् । सोमध्ये पनि २५ संस्थाको नाफा गत आवको सोही अवधिसम्मको तुलनामा बढेको छ भने ९ वटाको मात्रै घटेको छ ।  

तेस्रो त्रैमाससम्म घाटा व्यहोर्ने संस्थाहरुमा नेष्डो समृद्ध लघुवित्त र सामुदायिक लघुवित्त रहेका छन् । नेष्डोले ११ करोड ६० लाख रुपैयाँ र सामुदायिक लघुवित्तले १ करोड १ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

समग्रमा लघुवित्त संस्थाहरुले सो अवधिसम्म २ अर्ब ४६करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २२.८७ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म यी संस्थाहरुले समग्रमा २ अर्ब ६२ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त संस्थाहरुलाई कर्जा पुनर्संरचनाको सुविधाले नाफा बृद्धिमा टेवा पु्गेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लागि एनआरएफएस बमोजिम वित्तीय विवरण बनाउँदा उठ्न बाँकी रहेको ब्याजलाई समेत देखाउन मिल्ने व्यवस्था गरिदिएकाले ब्याज आम्दानी र नाफामा सुधार देखिएको हो ।  

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने संस्थामा डिप्रोक्स लघुवित्त रहेको छ । संस्थाले ४३ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । साथै गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा भने स्वाभिमान लघुवित्त रहेको छ । संस्थाले गत आवको तुलनामा १८८४.२९ प्रतिशतले नाफा बढाएको छ ।  

२२ संस्थाको एनपीएल ५ प्रतिशतभन्दा माथि  

तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश लघुवित्त संस्थाहरुको नाफा बृद्धि भएपनि खराब कर्जा अनुपातको अवस्था भने त्यति चित्तबुझ्दो देखिँदैन ।  

समिक्षा अवधिसम्म २२ संस्थाको एनपीएल अझैपनि ५ प्रतिशतभन्दा माथि छ भने १४ संस्थाको मात्रै सो प्रतिशतभन्दा तल रहेको छ ।  

रिर्पोटअनुसार ८ वटा संस्थाले मात्रै गत आवको तुलनामा खराब कर्जा घटाएका छन् भने २८ संस्थाको यस्तो कर्जा बढेको देखिन्छ । खराब कर्जा बढेपनि लघुवित्त संस्थाहरुको मुनाफामा भने सुधार देखिएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात ५ प्रतिशत वा सो भन्दा बढी भएमा कम्पनीको वित्तीय अवस्था जोखिम मान्न सकिन्छ । अधिकांश संस्थाको खराब कर्जा ५ प्रतिशत बढी देखिएको छ । तर कर्जा पुनर्संरचनाको सुविधाले लघुवित्त संस्थाहरुले मुनाफा भने बढाएका छन् ।  

इपीएस कुनको कति ?

तेस्रो त्रैमाससम्म आइपुग्दा तीन संस्थाको मात्रै प्रतिसेयर आम्दानी (इपीएस) ऋणात्मक देखिएको छ भने बाँकी सबैको धनात्मक रहेको छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । सबैभन्दा बढी इपीएस मिथिला लघुिुवत्तको रहेको छ । सो अवधिसम्म संस्थाको इपीएस ३६.२२ रुपैयाँ छ ।  

त्यस्तै, सर्पोट माइक्रोफाइनान्सको ३३.३७ रुपैयाँ, स्वाभिमान लघुवित्तको ३२.६१ रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ३२.३९ रुपैयाँ, गुराँस लघुवित्तको ३१.२० रुपैयाँ, स्वरोजगार लघुवित्तको ३०.९३ रुपैयाँ, जीवन विकास लघुवित्तको ३०.८७ रुपैयाँ, डिप्रोक्स लघुवित्तको ३०.८४ रुपैयाँ र यु्निक नेपाल लघुवित्तको ३०.०८ रुपैयाँ रहेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.