आईतवार, असार २२,२०८२ 11:05:25
  • आईतवार, असार २२,२०८२ 11:05:25
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको नाफामा झिनो वृद्धि, आम्दानी भने ९.८१% ले घट्यो

Hyundai Nepal
चन्द्रागिरी हिल्सको नाफामा झिनो वृद्धि, आम्दानी भने ९.८१% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १० करोड ७९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा कम्पनीको आम्दानी भने ९.८१ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६० करोड  ६८ लाख रुपैयाँ रहेको आम्दानी घटेर ५४ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनीले ३८ लाख ८६ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको खर्चमा कमी आएको छ । अघिल्लो आवमा २१ करोड ७३ लाख रहेको कुल खर्च घटेर २१ करोड ४७ लाखमा सीमित बनेको छ । यसका साथै कम्पनीले वित्त खर्च पनि १८ करोड २९ लाखबाट घटेर १२ करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीको रिजर्भ कोषको आकार ३ करोड ८१ लाख रहेको छ । अघिल्लो आवमा भने कम्पनीको रिजर्भको आकार १२ करोड २२ लाखले ऋणात्मक अवस्थामा थियो । २९ करोड ५१ लाख रुपैयाँबराबरको कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व भने ९ करोड ५० लाख रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३७.७२ रुपैयाँ, पीई रेसियो १२०.२६ गुणा र तरलता अनुपात ३.१० प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.