सोमबार, असार २,२०८२ 02:16:47
  • सोमबार, असार २,२०८२ 02:16:47
Global IME Bank Limited

अमेरिकासँगको सबै ट्यारिफ हटाउदै शुन्यमा झार्ने जापानी प्रधानमन्त्रीको लक्ष्य

Hyundai Nepal
अमेरिकासँगको सबै ट्यारिफ हटाउदै शुन्यमा झार्ने जापानी प्रधानमन्त्रीको लक्ष्य
Nabil Bank Limited

काठमाण्डौ । जापानका प्रधानमन्त्री सिगेरु ईसीबाले अमेरिकासँगको व्यापारिक सम्झौतामा सबै प्रकारका ट्यारिफ हटाउने उद्देश्य लिएको बताएका छन् । जापानको फुजी टेलिभिजनलाई एक अन्तर्वार्ता दिदै ईसीबाले अमेरिकासँगको व्यापारिक सम्झौताका विषयमा छलफल भईरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टोकियोको सम्बन्ध राम्रो रहेका बताएका छन् ।  

ईसीबाले गत बिहिबार बेलायतसँग अमेरिकाले १० प्रतिशत आधारभूत ट्यारिफ कायम राख्दै कार आयातमा घटाइएको भन्सार शुल्कको मोडल व्यापारिक सम्झौताका लागि एउटा कदम हुन सक्ने बताए । तर उनले आफूले अमेरिकासँग शुन्य प्रतिशत ट्यारिफका लागि प्रयास गर्ने बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयातमा भन्सार शुल्क लगाउदा अमेरिकी ग्राहकहरुका लागि कारको खरिद महङ्गो पर्ने बताउदै उनले अमेरिकी अर्थतन्त्रका लागि भएपनि ट्यारिफ घटाउनु पर्नेमा जोड दिए ।  

ट्रम्पले गत शुक्रबार विभिन्न देशहरुसँग व्यापारिक सम्झौताहरु भईरहेपनि १० प्रतिशत आधाभूत ट्यारिफ भने कायमै रहने बताएका थिए । तर महत्वपूर्ण व्यापारिक प्रस्ताव गर्ने देशहरुलाई भने थप छुटपनि प्रदान गर्न सकिने उनले बताएका थिए ।  

यतिेबला जापानले अटो क्षेत्रमा २५ प्रतिशत ट्यारिफको सामना गरिरहेको छ र अन्य सामाग्रीहरुमा २४ प्रतिशत पारस्परिक शुल्क लगाइएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.