सोमबार, असार २,२०८२ 04:10:39
  • सोमबार, असार २,२०८२ 04:10:39
Global IME Bank Limited

हिमालय उर्जा विकास ३.४९ करोड नाफामा, आम्दानी २९% ले बढ्यो

Hyundai Nepal
हिमालय उर्जा विकास ३.४९ करोड नाफामा, आम्दानी २९% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेड आम्दानी बढाउदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ४९ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनी ११ करोड १५ लाख घाटामा थियो ।  

कम्पनीको कुल आम्दानी २९.७८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २४ करोड ९४ लाख रहेको कुल आम्दानी २३ करोड ३७ लाख पुगेको छ । कम्पनीको रोयल्टी खर्च ६३ लाख ३१ हजार, प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च ४ करोड १४ लाख, वित्त खर्च १३ करोड ९० लाख र हा्रसकट्टी खर्च १० करोड १९ लाख रहेको छ । कम्पनीको सञ्चालन मुनाफा भने २७ करोड ५९ लाख रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनीको रिजर्भको आकार भने १८ करोड ८४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

यस्तै कम्पनीको कुल चालु सम्पत्ति १६ करोड ६९ लाख र कुल चालु दायित्व ९४ लाख ७४ हजार रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९०.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८१.३९ रुपैयाँ र तरलता अनुपात १७.६२ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.