सोमबार, असार २,२०८२ 08:36:13
  • सोमबार, असार २,२०८२ 08:36:13
Global IME Bank Limited

घोराही सिमेन्ट ५५.४३ करोड घाटामा, आम्दानी १४८% ले बढ्यो

Hyundai Nepal
घोराही सिमेन्ट ५५.४३ करोड घाटामा, आम्दानी १४८% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड अझै घाटामा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म पनि कम्पनी ६४ करोड २५ लाख रुपैयाँ घाटामै थियो ।  

यसरी एक वर्षको अवधिमा कम्पनीको घाटामा १३.७२ प्रतिशतको कमी आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको खुद आम्दानी बढेकाले घाटामा केही कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म ७१ करोड ७९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।  

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च १९ करोड ७९ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ५० करोड २६ लाख र वित्त खर्च ६८ करोड ८७ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ४६.२३ प्रतिशतले घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको  सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १२.१४रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ १९०.८० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०८.२० रुपैयाँ र तरलता अनुपात ०.७९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.