सोमबार, असार २,२०८२ 10:55:50
  • सोमबार, असार २,२०८२ 10:55:50
Global IME Bank Limited

ङादी ग्रुप पावरको नाफा १९% ले घट्यो, विद्युत बिक्री आम्दानीमा समेत १०% को गिरावट

Hyundai Nepal
ङादी ग्रुप पावरको नाफा १९% ले घट्यो, विद्युत बिक्री आम्दानीमा समेत १०% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ ।  ङादी ग्रुप पावर लिमिटेडको खुद नाफामा १९.३२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १०.६८ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री÷वितरण खर्च १ करोड ४ लाख, रोयल्टी खर्च १७ लाख ८९ हजार,प्रशासनिक खर्च ६६ लाख ९१ हजार र वित्त खर्च २ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म ३३ लाख ५४ हजार रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा ९ करोड २६ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर १० करोड ५९ लाख रुपैयाँ सपुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब २४ करोड र कुल चालु दायित्व ५ करोड ९४ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.८३ रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १५८.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८५.२७ रुपैयाँ मूल्य आम्दानी अनुपात ३४५.६८ गुणा र तरलता अनुपात ३७.७९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.