सोमबार, असार २,२०८२ 09:54:34
  • सोमबार, असार २,२०८२ 09:54:34
Global IME Bank Limited

विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो

Hyundai Nepal
विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रोको नाफा पनि घट्यो
Nabil Bank Limited

काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेसँगै सानिमा माई हाईड्रो पावर कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले आज चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३१ करोड ४७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानीमा १३.९९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५१ करोड २९ लाख रुपैयाँ कमाएको छ । यस्तै कम्पनीले १ लाख १२ हजार अन्य आम्दानी र ८० लाख ६ हजारबराबरको वित्त आम्दानी गरेको छ ।  

कम्पनीको खुद सञ्चालन मुनाफा पनि ३९ करोड ९९ लाखबाट घटेर ३० करोड ५७ लाखमा सीमित बनेको छ । अघिल्लो आवमा ८ करोड ४ लाख रहेको वित्त खर्च घटेर ५ करोड ४५ लाखमा झरेको छ । प्रशासनिक तथा अन्य सञ्चालन खर्च पनि १३ करोड १२ लाखबाट बढेर १३ करोड ३५ लाख पुगेको छ ।  

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ७ करोडबाट घटेर १ अर्ब १ करोडमा सीमित बनेको छ । कम्पनीको अन्य रिजर्भको आकार १ अर्ब ७० करोड रुपैयाँबराबर रहेको छ ।  

समीक्ष अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७२.८५ रुपैयाँ, पीई रेसियो ६२.९० गुणा र तरलता अनुपात ५.६९ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.