मंगलवार, आश्विन १३,२०८३ 08:55:01
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:55:01
Bizshala
Global IME Bank Limited

भारतीय सेयर बजारमा यो वर्षकै उच्च वृद्धि

Bizshala
भारतीय सेयर  बजारमा यो वर्षकै उच्च वृद्धि
New Office

काठमाण्डौ । भारत–पाकिस्तानबीचको युद्धविरामको प्रभाव स्वरुप आज भारतीय बजारमा उच्च वृद्धि देखिएको छ । आज भारतको सेयर बजार मापक सेन्सेक्स इन्डेक्स ३.५० प्रतिशत अर्थात २ हजार ७८१ अंकले बढेको छ ।  

यससँगै सेन्सेक्स इनडेक्स ८२ हजार २३५ विन्दुमा पुगेको छ । यो वृद्धि यस वर्षको सेन्सेक्सको हालसम्मकै उच्च हो । यसअघि सेन्सेक्स गत अप्रिल १५ मा २.१० प्रतिशत अर्थात १ हजार ५७७ अंकले बढेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज सेन्सेक्सको ३० वटामध्ये २९ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखियो । अडाणी पोट्स, बजाज फाइनान्स, एक्सिस बैंकसहित १७ वटा कम्पनीको सेयरमूल्य ४.५ प्रतिशतसम्मले बढेका छन् । आज सनफर्मा कम्पनीको सेयरमूल्य मात्रै ५.५ प्रतिशतले घटेको छ ।  

उता निफ्टी५० पनि ३.६८ प्रतिशत अर्थात ८८४ अंकले बढेको छ । यो वृद्धिसँगै निफ्टी २४ हजार ८९५ विन्दुको उचाईएमा पुगेको छ ।  

यस्तै आज पाकिस्तानको सेयर बजारमा समेत उछाल देखिएको छ । पाकिस्तानको सेयर बजार आज ९ प्रतिशतले बढेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.