काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडको नाफा ३२७.४५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिसम्म भने कम्पनीले ८ करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत ३८ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २२५.७९ प्रतिशतले बढी हो ।
कम्पनीको जम्मा खर्च भने ३३.५६ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ९८ लाख रुपैयाँ जम्मा खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित नाफा ७४ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम ५७ करोड ९८ लाख रहेको थियो । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ६७ करोड १९ लाख र ७ करोड १२ लाख जम्मा चालु दायित्व रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४५.५१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १७१.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७८.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६.१५ गुणा रहेको छ ।