सोमबार, असार २,२०८२ 10:48:38
  • सोमबार, असार २,२०८२ 10:48:38
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा २३% को बढोत्तरी, अन्य सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा २३% को बढोत्तरी, अन्य सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.९४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीको खुद नाफा ५ करोड ९८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.७५ प्रतिशतले बढ्दै १० करोड ३८ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा कम्पनीको खर्च बढेको छ । अघिल्लो आवमा ७८ लाख १६ हजार रहेको कुल खर्च बढेर १ करोड ८७ लाख पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङ १२ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४३ करोड २२ लाख र कुल चालु दायित्व १ करोड २६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६.०८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ७.१८ रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४५.५३ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.