बुधबार, भाद्र ३,२०८३ 02:42:21
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:42:21
Bizshala
Global IME Bank Limited

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा २३% को बढोत्तरी, अन्य सूचकको अवस्था कस्तो ?

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा २३% को बढोत्तरी, अन्य सूचकको अवस्था कस्तो ?
New Office

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.९४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीको खुद नाफा ५ करोड ९८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २८.७५ प्रतिशतले बढ्दै १० करोड ३८ लाख रुपैयाँ पुगेको छ ।  

Bizshala
CG Motors

यो अवधिमा कम्पनीको खर्च बढेको छ । अघिल्लो आवमा ७८ लाख १६ हजार रहेको कुल खर्च बढेर १ करोड ८७ लाख पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङ १२ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४३ करोड २२ लाख र कुल चालु दायित्व १ करोड २६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६.०८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ७.१८ रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४५.५३ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.