सोमबार, असार २,२०८२ 10:33:24
  • सोमबार, असार २,२०८२ 10:33:24
Global IME Bank Limited

आम्दानी बढेसँगै न्यादी हाईड्रोपावरको घाटामा कमी

Hyundai Nepal
आम्दानी बढेसँगै न्यादी हाईड्रोपावरको घाटामा कमी
Nabil Bank Limited

काठमाण्डौ ।  आम्दानी बढेसँगै न्यादी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ७१.६२ प्रतिशतले घाटा कम गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको घाटा ४ करोड २९ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा १५ करोड ११ लाख थियो ।  

यस्तै अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४३ करोड ५ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । कम्पनीले १ लाख ७५ हजार रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च २० करोड ४२ लाख रुपैयाँ र प्रशासनिक खर्च २ करोड ६४ लाख रुपैयाँ रहेको छ ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको वित्त खर्च ३६ करोड १२ लाखबाट घटेर ३२ करोड १२ लाखमा सीमित बनेको छ ।    

कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड ३१ लाख र कुल चालु दायित्व ३४ करोड १२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.८६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ७१.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९९.५४ गुणा र तरलता अनुपात १.०१ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.