सोमबार, असार २,२०८२ 09:01:55
  • सोमबार, असार २,२०८२ 09:01:55
Global IME Bank Limited

अपि पावरको नाफामा ६८८% को उछाल, आम्दानी र ईपीएस पनि बढ्यो

Hyundai Nepal
अपि पावरको नाफामा ६८८% को उछाल, आम्दानी र ईपीएस पनि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६८८.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४८ लाख खुद नाफा आर्जन गरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २५.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ९५ करोड १८ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ८१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा १२ लाख ९५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ३ करोड २७ लाख, बिक्री÷वितरण खर्च २१ करोड १५ लाख , ह्रासकट्टी खर्च ३१ करोड ७६ लाख र वित्त खर्च ४५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  यस्तै कम्पनीको वित्त आम्दानी ४ लाख ३८ हजार रहेको छ ।    

६ अर्ब ७ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ६१ करोड १ लाख र कुल चालु दायित्व १ अर्ब ३ करोड रुपेयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा ४.२५ रुपैयाँ रहेको ईपीएस ७.७६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.२० गुणा र तरलता अनुपात ०.५९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.