मंगलवार, आश्विन १३,२०८३ 08:42:36
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:42:36
Bizshala
Global IME Bank Limited

अपि पावरको नाफामा ६८८% को उछाल, आम्दानी र ईपीएस पनि बढ्यो

Bizshala
अपि पावरको नाफामा ६८८% को उछाल, आम्दानी र ईपीएस पनि बढ्यो
New Office

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६८८.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४८ लाख खुद नाफा आर्जन गरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २५.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ९५ करोड १८ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ८१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा १२ लाख ९५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ३ करोड २७ लाख, बिक्री÷वितरण खर्च २१ करोड १५ लाख , ह्रासकट्टी खर्च ३१ करोड ७६ लाख र वित्त खर्च ४५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।  यस्तै कम्पनीको वित्त आम्दानी ४ लाख ३८ हजार रहेको छ ।    

६ अर्ब ७ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ६१ करोड १ लाख र कुल चालु दायित्व १ अर्ब ३ करोड रुपेयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा ४.२५ रुपैयाँ रहेको ईपीएस ७.७६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.२० गुणा र तरलता अनुपात ०.५९ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.