आईतवार, असार २२,२०८२ 02:26:42
  • आईतवार, असार २२,२०८२ 02:26:42
Global IME Bank Limited

पूँजी वृद्धिका लागि ३० वटा पुराना ब्रोकरहरुलाई अझै २ वर्ष हाईसञ्चो , समय थप्न अर्थ मन्त्रालय सकारात्मक !

Hyundai Nepal
पूँजी वृद्धिका लागि ३० वटा पुराना ब्रोकरहरुलाई अझै २ वर्ष हाईसञ्चो , समय थप्न अर्थ मन्त्रालय सकारात्मक !
Nabil Bank Limited

काठमाण्डौ । हाल नेप्सेमा सूचिकृत भएका ९२ वटा ब्रोकरहरु मध्य अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् ।  

बाँकी रहेका ब्रोकरहरुलाई  पूँजी बढाउन दिइएको समय सीमा आगामी असारमा सकिदै छ । यसैबीच ब्रोकरहरुले समय थप गर्न माग गरिरहेका छन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालय २ वर्षको लागि समय थप्न सकारात्मक रहेको जानकारी दिए । ढकालका अनुसार यस विषयमा एकपटक अध्यादेश आइसकेका कारण अब मन्त्रीस्तरिय निर्णयबाट नै समय थप हुन सक्ने छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

धितोपत्र दलाल व्यबसायीहरुले धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए । हाल ब्रोकरहरुले धितोपत्र बोर्डले समयमा नै मर्जरको निर्देशिका नल्याएका कारण आफूहरुले समयमै मर्जरको प्रक्रिया टुङ्ग्याउन नसक्ने बताउँदै आएका छन् ।  

तथापी बोर्डका केही अधिकारीहरु भने ब्रोकहरुलाई पूँजी पुर्याउन समय थप गर्ने मनसायमा नरहेको बताउँदै आएका थिए । यसैबीच अर्थ मन्त्रालय भने यस विषयमा सकारात्मक देखिएको छ ।  

हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त अब पुराना ३० वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ  ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.