Bizshala
  • बुधबार, असार २४,२०८३ 04:19:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

६० भन्दा धेरै ब्रोकरहरु ‘फुल्ली अटोमेसन’मा, सेयर बेचेपछि ‘अटो कोल्याट्रल लोड’ हुने

Laxmi Sunrise Bank Limited
६० भन्दा धेरै ब्रोकरहरु ‘फुल्ली अटोमेसन’मा, सेयर बेचेपछि ‘अटो कोल्याट्रल लोड’ हुने

काठमाण्डौं । हाल नेप्सेमा २/३  वटा संस्थाको टीएमस सञ्चालनमा रहेका छन् । जसमा नेप्सेद्वारा सञ्चालित वाईको कम्पनी र ब्रोकरहरुको आफ्नै निजी कम्पनी डीजी हब रहेका छन् भने अन्य केही ठूला ब्रोकरहरुले पनि आफ्नै टीएमएस सञ्चालनमा ल्याएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

नेप्सेद्वारा सञ्चालित वाईको कम्पनीको टीएमएस २०१८ नोभेम्बरमा सञ्चालनमा आएको थियो । त्यसको सात वर्षपछि मात्रै वाईको कम्पनीले सञ्चालनमा ल्याएको टीएमएस फुल्ली अटोमेसनमा गएको छ । अर्थात अब लगानीकर्ताहरुले आफूले बेचेको सेयरबराबरको पैसा टीएमएसमा अटोमेटिक लोड हुने भएको छ । यस भन्दा पहिले लगानीकर्ताहरुले सेयर बेचे पछि पनि कोल्याट्रल लोड गर्न फोन सम्पर्क गर्नु पर्ने हुन्थ्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक ब्रोकरका अनुसार अब सिस्टमले नै ग्राहक पहिचान गरि अटोमेटिक रुपमा कोल्याट्रल लोड हुने गरेको छ । डीजी हबले पनि आफ्नो नयाँ टीएमए फुल्ली अटोमेसनमा रहेको र लगानीकर्ताहरुले बेचेको सेयरको अटोमेटिक रुपमा कोल्याट्रल लोड हुने बताएको छ । 

वाईको कम्पनीको एक अधिकारीले हाल ६० भन्दा बढी ब्रोकरहरु फुल्ली अटोमेसनमा गएको बताए । उनका अनुसार कसलाई कति कोल्यट्रल दिने भन्ने विषय ब्रोकरहरुले नै सिस्टमबाट मिलाउन सक्ने पनि जानकारी दिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.