काठमाण्डौ । जोशी हाईड्रोपावरले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको घाटा बढेको छ । समीक्षा अवधिसम्म कम्पनी १ करोड ७८ लाख घाटामा रहेको छ । अघिल्लो आवमा भने कम्पनीले ७५ लाख २८ हजार घाटामा थियो ।
यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी केही बढेको छ । अघिल्लो त्रैमाससमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च २९ लाख २१ हजारबाट बढेर ४५ लाख २४ हजार पुगेको छ । यस्तै कम्पनीको वित्त खर्च पनि ८२ लाख २६ हजारबाट बढेर १ करोड २० लाख पुगेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १९ करोड १० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.८० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ४८.५७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.०६ रुपैयाँ,पीई रेसियो ७९.४१ गुणा र तरलता अनुपात ८.०३ प्रतिशत कायम भएको छ ।