जोशी हाईड्रोको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
काठमाण्डौ । जोशी हाईड्रो पावर डेभलपमेन्ट लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान १० बजे खोलिने छ । कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म १ लाख ८९ हजार ९२७ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।

