काठमाण्डौ । जोशी हाईड्रो पावर डेभलपमेन्ट लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान १० बजे खोलिने छ ।
कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म १ लाख ८९ हजार ९२७ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
कम्पनीले गत साउन १५ गतेदेखि भदौ १९ गतेसम्म १ः०.६५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।