बुधबार, भाद्र ३,२०८३ 03:56:21
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:56:21
Bizshala
Global IME Bank Limited

जोशी हाईड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

जोशी हाईड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
New Office

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । असार ६ र ७ गते सेयर बजार बन्द  रहने भएकाले यो हकप्रदका लागि आजसम्म सेयरधनी बन्नु पर्नेछ ।  

Bizshala
CG Motors

कम्पनीले १ः०.६५ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङले केयर–एनपी बी(आईएस)सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.