बुधबार, भाद्र ३,२०८३ 06:29:45
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:29:45
Bizshala
Global IME Bank Limited

जोशी हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, १.८९ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

जोशी हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, १.८९ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
New Office

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि जारी गरेको हकप्रद असोज ७ गते बाँडफाँड गरेको हो ।  

कम्पनीले गत असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

Bizshala
CG Motors

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने सेयरधनीलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।  

यसरी कम्पनीको १ लाख ८९ हजार ९२७ कित्ता हकप्रद भने बिक्री हुन सकेन । कम्पनीले उक्त अवितरित हकप्रद सेयर लिलामीमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.