मंगलवार, असार ३,२०८२ 05:58:14
  • मंगलवार, असार ३,२०८२ 05:58:14
Global IME Bank Limited

नयाँ सीईओ आएपनि अघि बढेन ‘एसएमई प्लेटफर्म’, नेप्से ३० कै अवस्था बन्ने आशंका !

Hyundai Nepal
नयाँ सीईओ आएपनि अघि बढेन ‘एसएमई प्लेटफर्म’, नेप्से ३० कै अवस्था बन्ने आशंका !
Nabil Bank Limited

काठमाण्डौ । साना तथा मझौला कम्पनीलाई पूँजीबजारमा प्रवेश गराउने अवधारणा बोकेको एसएमई प्लेटफर्म नेप्सेमै अड्केको छ । स्रोतका अनुसार नेप्सेले यससम्बन्धी सम्पूर्ण काम सकेता पनि नेप्सेका अध्यक्ष शोभाकर पौडेलको अनिच्छाका कारण बोर्डबाट पारित हुन सकेको छैन ।  

तर नेप्सेका अध्यक्ष शोभाकर पौडेलले भने नियमित बैठक बसेको र अब छिट्टै बैठक बसेर टुङ्गो लगाउने बताए । नेप्सेमा  नयाँ प्रमुख कार्यकारी अधिकृत आएको पनि ४५ दिन बितिसकेको छ । नयाँ सीइओ चूणामणी चापागाईले नेप्से भित्र केही सुधार गर्ने प्रयास भने गरको देखिन्छ । कर्मचारीहरुलाई मुस्कानसहितको सेवा तथा सकारात्मक सोचको लागि योग ध्यानमा चापागाइले जोड दिएका छन् ।  

तर हालसम्म कुनैपनि ठोस निर्णय भने गर्न सकेका छैनन् । यस अघि एसएमई प्लेटफर्म सीईओ नभएता पनि निमित्त कार्यकारी अधिकृत निरन्जन फुयाँलको समयमा नै सम्पूर्ण काम अगाडी बढेको थियो । सम्पूण कार्य भएर पनि एसएमई प्लेटफर्म नेप्सेमा नै अलमल भएपछि केहीले यो पनि नेप्से ३० कै अबस्थामा पुग्ने आशंका गरेका छन् । यस अघि नेप्से ३० र नेप्से पुनर्संरचनाको विषय लामो समय चर्चामा रहेपनि पछि सेलाएर गएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालका अध्यक्ष पौडेल छिट्टै बढुवा हुन लागेको र उनको ठाँउमा अर्थ मन्त्रालयबाट नयाँ मान्छे आउने भएकाले पौडेलले एसएमई प्लेटफर्मको विषयमा रुची नराखेको हुन सक्ने नेप्सेस्थित एक उच्च स्रोतले जानकारी दियो । नेप्सेमा सीईओ नभएता पनि यस विषयमा सबै काम अघि बढेको थियो । तर मूल नेतृत्वको अनिच्छाकै कारण यो विषय अघि बढ्न सकेको छैन ।  

एसएमईसम्बन्धी नियमावलीमा २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीहरुले छुट्टै प्लेटफर्ममार्फत सार्वजनिक निष्कासन गर्ने व्यबस्था गरेको छ । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारणमा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ । सर्वसाधारणले यस्ता कम्पनीको आईपीओ भर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्ने मर्चेन्ट बैंकरले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।  

दोस्रो बजारमा पनि ५ सय कित्ताको नै सेयर कारोबार हुनेछ । यहि कारण सेयर बजारमा यसको चलखेल नहुने धितोपत्र बोर्डको तर्क रहेको छ । तर केही बजार जानकारहरुले भने अहिले खेलाडीेले लो क्याप कम्पनी उचाले जस्तै गरि साना तथा मझौला कम्पनीको सेयर पनि दोस्रो बजारमा उचालिन सक्ने तर्क पनि गरेका पाइन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.