काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५९ रुपैयाँ र बिक्रीदर १३७.१९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.१४ रुपैयाँ र बिक्रीदर १३६.७४ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५२.९१ रुपैयाँ र बिक्रीदर १५३.५८ रुपैयाँ कायम छ । यस्तै आज एक पाउण्डको खरिददर १८१.४६ रुपैयाँ र बिक्रीदर १८२.२६ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१९ रुपैयाँ र बिक्रीदर ३७.३५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.८९ रुपैयाँ र बिक्रीदर ३२.०३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४८ रुपैयाँ र बिक्रीदर ३७.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.२७ रुपैयाँ र बिक्रीदर ४४६.२२ रुपैयाँ कायम भएको छ ।