आईतवार, बैशाख ६,२०८३ 11:37:39
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:37:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कमिसन मागेको आरोपको विषयमा सेबोनले माग्यो इप्पानको संस्थागत धारणा

Bizshala
कमिसन मागेको आरोपको विषयमा सेबोनले माग्यो इप्पानको संस्थागत धारणा
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले स्वतन्त्र उर्जा उत्पादक संघ, नेपाल(इप्पान)ले आफ्ना अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आईपीओ स्वीकृतिका क्रममा कमिसन मागेको झूठा आरोप लगाएपछि सो विषयमा लिखित संस्थागत धारणा मागेको छ ।  

दुई दिनअघि पत्र लेख्दै सेबोनले आईपीओमा कमिसन मागेको प्रकरणमा इप्पानको संस्थागत धारणा मागेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

इप्पानका केही सदस्यहरुले कमिसन मागेको आफूलाई अरु उर्जा उत्पादकहरुले भनेको भन्दै अनौपचारिक बैठकमा भनेको विषयलाई केही पदाधिकारीको संलग्नतामा सुनियोजित ढंगले बाहिर ल्याइएको थियो । इप्पानको आन्तरिक बैठकहरुमा एकथरि कुरा गर्ने र धितोपत्र बोर्डका अधिकारीहरुसँगको भेटमा भने अर्कोथरि कुरा गर्ने प्रवृति देखिएपछि संस्थागत धारणा मागिएको बोर्ड स्रोतले जनाएको छ ।  

यस्तै, सेबोनले धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको नाम लिएर केही व्यक्ति तथा समूहले कमिसन मागेको आरोपको समेत खण्डन गरेको छ । सेबोनले इप्पानको संस्थागत धारणा झै गरेर उर्जा उत्पादकहरुले आरोप लगाएका र त्यसको आधार तथा कारण समेत मागेको छ ।  

‘सेबोनको पत्रमा धितोपत्र बोर्डको अध्यक्षको नाम लिएर कमिसन माग्नेहरुको पहिचान खुलाइदिन र त्यस्तो कुनै प्रमाण भए त्यो पनि उपलब्ध गराइदिन भनिएको छ ।’ इप्पाननिकट स्रोतले भन्यो–‘पत्रमा सेबोनको नाममा कसैले कमिसन मागेको पुष्टि हुने आधार तथा कारण भए ऊमाथि कडा कारबाही गरिने विषय समेत उल्लेख छ ।’ 

CG Motors
Garima Development Bank
IME remit

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठमाथि लगाइएको आरोप सुनियोजित रहेको र आधार तथा प्रमाण समेत नरहेको इप्पानकै पदाधिकारीहरुले सार्वजनिक सञ्चारमाध्यममा बताइसकेका छन् । उपाध्यक्ष उत्तम भ्लोन लगायतका केही व्यक्ति परिचालन भएर श्रेष्ठलाई पदबाट हटाउने नियतले झूठा आरोप लगाइएपछि पछिल्लो समय इप्पानमै खटपट बढेको छ । जसको प्रभाव सेबोनले लेखेको पत्रको जवाफ दिने विषयमा समेत परेको छ ।  

हाल इप्पानको अध्यक्ष गणेश कार्की देशबाहिर छन् । कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले कार्की नआउँदै सेबोनलाई पत्र लेख्ने आँट गरेका छैनन् । कार्की आएपछि कार्यसमिति बैठक राखेर सेबोनको पत्रको जवाफ दिने तयारी रहेको बताइएको छ ।  

यता, धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले भने आफूमाथि आरोप लागेको दिनदेखि नै आफूले कमिसन मागेको पुष्टि गर्न इप्पानलाई चुनौति दिंदै आएका छन् । उनले भन्ने गरेका छन्–‘मैले कमिसन मागेको पुष्टि गरिदिनुस्, एक सेकेण्ड पनि पदमा बस्दिँन ।’ सेबोन अध्यक्ष श्रेष्ठको यही अडान र दृढ संकल्पका कारण आरोपहरुको हल्ला चलाएर आफ्नो रोटी सेक्ने केही उर्जा उत्पादकहरु पछिल्लो समेत हच्किएका देखिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.