'कथित विश्लेषक'ले बजारको माहौल बिगारेपछि सेबोनमा उजुरीमाथि उजुरी, नियामककै भूमिकामाथि पनि प्रश्न !
काठमाण्डौ । सामाजिक सञ्जालका विभिन्न आईडी प्रयोग गरी बजार घटाउने गिरोह तथा व्यक्तिको पहिचान गरी कडा कारबाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी परेको छ । सेयर बजारका केही लगानीकर्ताहरुले पछिल्लो समय फेसबुक, क्लब हाउस, भाईबर, ह्वाट्सअपजस्ता विभिन्न सामाजिक सञ्जालमा सक्कली र नक्कली आईडीबाट केही विज्ञ भनाउँदाहरुले लगानीकर्ताको खरीदबिक्रीको निर्णय प्रभावित पार्ने खेल...