बिहीबार, माघ १५,२०८२ 03:23:07
Bizshala
  • बिहीबार, माघ १५,२०८२ 03:23:07
Bizshala
Global IME Bank Limited
Bizshala

एनओसी पेश गर्न छुट्दा सेबोनबाट अध्यक्षका लागि आवेदन दिएकाहरुको दरखास्त रद्द हुनसक्ने

एनओसी पेश गर्न छुट्दा सेबोनबाट अध्यक्षका लागि आवेदन दिएकाहरुको दरखास्त रद्द हुनसक्ने
Shivam Cement

काठमाण्डौ । छनौट तथा सिफारिस समितिले तय गरेको कार्यविधिको अक्षरंश पालना हुने हो भने सानो त्रुटीका कारण यसपटक नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि आवेदन दिएका केही आशालाग्दा उम्मेद्वारहरु अयोग्य बन्नसक्ने देखिएको छ ।  

धितोपत्र बोर्ड भित्रैबाट अध्यक्षका लागि आवेदन दिएका तीनजनाले आवेदनका क्रममा सानो त्रुटी गर्दा उनीहरु प्रतिस्पर्धाबाट स्वतः बाहिरिनसक्ने सम्भावना देखिएको हो ।  

नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धा गराउने नीतिअनुसार आवेदन आह्वान गरिएकोमा १९ जनाले दरखास्त दिएका छन् । जसमा सरकारी तहबाट ५ जनाको आवेदन परेको छ । बाँकी विभिन्न क्षेत्रबाट १४ जनाले आवेदन दिएका छन् । आवेदन दिएकाहरुको सर्टलिस्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

Bizshala
Garima Development Bank
New Office

यो प्रतिस्पर्धामा भाग लिन सेवारत निकायबाट विभागीय स्वीकृति प्रदान गरिएको स्वीकृतिपत्र(नो अब्जेक्सन लेटर अर्थात एनओसी) समेत आवेदनका साथमा संलग्न गर्नुपर्ने थियो ।

धितोपत्र बोर्डका अध्यक्षका लागि दरखास्त पेश गर्दा तयार पारिएको कार्यविधिमा समेटिएको एनओसी सम्बन्धी व्यवस्था । 

 अध्यक्षका लागि आवेदन दिएकामा सेबोनबाट ३ जना र नेपाल स्टक एक्सचेञ्जबाट २ जना रहेका छन् । यीमध्ये सेबोनबाट अध्यक्षका लागि दरखास्त दिएका ३ जनाले नै आवेदनका साथमा एनओसी नै नराखेका अर्थमन्त्रालयस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  

धितोपत्र बोर्डबाट निमित्त प्रमुख डा. नवराज अधिकारी, प्रवक्ता मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेलले अध्यक्षका लागि आवेदन दिएका छन् । तर, उनीहरु कसैले पनि एनओसी भने पेश नगरेका स्रोतको दाबी छ । उनीहरु तीनैजनाले धितोपत्र बोर्डको सञ्चालक समितिबाट एनओसी लिनुपर्ने थियो, तर कसैले लिएनन् । जसका कारण उनीहरुको आवेदन स्वतः रद्ध हुने जोखिम देखिएको छ ।  

धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव रितेशकुमार शाक्य र राष्ट्रबैंकबाट प्रतिनिधित्व गर्ने डा. प्रकाशकुमार श्रेष्ठ दुवैजनाले बिजशालासँग कुरा गर्दै सेबोनबाट आवेदन दिएका तीनैजनाले एनओसी नलिएको प्रष्ट पारे । ‘सेबोनबाट अध्यक्षका लागि आवेदन दिएका तीनैजनाले सञ्चालक समितिलाई एनओसीका लागि अनुरोध गरेको वा एनओसी लिएको विषय हामीलाई थाहा छैन ।’–शाक्य र श्रेष्ठले बिजशालासँग भने ।  

यस विषयमा धितोपत्र बोर्डका निमित्त अध्यक्ष डा. नवराज अधिकारीसँग बुझ्न खोज्दा उनले ‘एनओसी भनेको के हो ? अध्यक्षका लागि दरखास्त दिंदा त्यस्तो कागजात पनि पेश गर्नुपर्छ र ?’ भन्दै अनभिज्ञता प्रकट गरे । उनी आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको पारिवारिक सदस्य बताउने गर्छन् । यसपटकको बोर्डको अध्यक्ष आफैं रहेको र प्रधानमन्त्रीबाट प्रष्ट वचन समेत पाइसकेको उनले निकटस्थहरुसँग बताउने गरेका छन् ।  

पूँजीबजारको प्रमुख नियामक निकाय सेबोनका तीन अधिकारीहरुले सञ्चालक समितिबाट एनओसी नलिए पनि बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जबाट आवेदन दिएकाहरु भने यो विषयमा स्मार्ट र चनाखो देखिए । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र प्रवीण पन्धाक दुवैले सञ्चालक समितिबाट एनओसी लिएर दरखास्तको साथमा पेश गरेको देखिएको छ ।  

कानूनविद् हरिबहादुर केसीले अध्यक्षको आवेदन माग्दा तयार गरिएको कार्यविधिमा स्पष्ट रुपमा एनओसी मागिएकोले त्योबिना पेश भएको दरखास्त स्वतः रद्द गरिनुपर्ने तर्क पेश गरे ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.