मंगलवार, श्रावण १९,२०८३ 10:18:14
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 10:18:14
Bizshala
Global IME Bank Limited

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने

सेबोन र बीमा प्राधिकरणको संस्थागत सुधार हुने, नेप्से र सिडिएसीको संरचनागत सुधारको घोषणा

अब निश्चित सीमाभन्दा बढी पूँजी भएका कम्पनी अनिवार्य रुपमा पूँजीबजारमा सूचीकृत हुनुपर्ने
New Office

काठमाण्डौ । सरकारले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गर्ने भएको छ ।  

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

उनले पूँजीबजारको विकासका लागि नेप्से र सिडिएससीको संरचनागत सुधार गरिने समेत घोषणा गरेका छन् ।  

निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीहरुलाई अनिवार्य रुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने नीतिगत व्यवस्था हुने समेत उनले सो क्रममा घोषणा गरेका छन् । 

सो क्रममा अर्थमन्त्री पुनले राष्ट्रबैंक ऐन र विदेशी विनियम ऐन सुधार गरिने समेत घोषणा गरेका छन्। वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनहरुलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने समेत उनले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउने कार्यक्रम सञ्चालन गरिने र बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने उनले घोषणा गरेका छन् ।  

सरकारले सहुलियतपूर्ण कर्जालाई निरन्तरता दिने भएको छ । त्यस्तो कर्जामा दिइँदै आएको ब्याज अनुदान सम्बन्धी कार्यविधि पुनरावलोकन गरिने समेत अर्थमन्त्री बताएका छन् ।  

सहुलियतपूर्ण कर्जाका लागि सरकारले बजेटमा ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.