मंगलवार, कार्तिक ३,२०८३ 04:20:33
  • मंगलवार, कार्तिक ३,२०८३ 04:20:33
Global IME Bank Limited

साताभर घटेको बजारमा प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

Bizshala
साताभर घटेको बजारमा प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता सेयर बजारमा ५  दिन नै सेयर कारोबार भएको थियो ।  यो साता ४ दिन कारोबारमा बजार ४ दिन नै घट्यो । अघिल्लो साता २ हजार ६६१.६४ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६११.८५ विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता बजार ४९.७९ अंकले घट्यो ।  

अघिल्लो साता भने बजार ३७.८१ अंकले बढेको थियो । यो साता ४ दिनको कारोबारमा ३५ अर्ब ६५ करोडको कारोबार भयो । अघिल्लो साता भने ५ कारोबार दिनमा ४७ अर्ब ७९ करोडबराबरको सेयर कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो साता बजार पूँजीकरण ४३ खर्ब ४४ अर्ब रह्यो । यस्तो काराबोर अघिल्लो साता ४४ खर्ब २७ अर्ब रहेको थियो । यस हिसाबले यो साता नेप्से परिसूचक र कारोबार दुबै घट्यो । बजार घट्दा यो साता लगानीर्ताको सम्पत्ति ८३ अर्बले घट्यो  ।  

प्राविधिक पक्षः  

अघिल्लो साता एकै दिन ६२.२५ अंकले बढेपछि बजारको यात्रा कमजोर देखिएको छ । त्यसपछि बजार लगातार पाँच कारोबार दिन नै घट्यो ।  

तर बजारले पाँच कारोबारमा एक दिन बढे बराबर अर्थात ६१.८१ अंक गुमाएको छ । यस हिसाबले प्राबिधिक रुपमा नियाल्दा यो साता बजारले एउटा लोअर हाई बनाएको छ । तर लोअर लो भने बनि नसकेको अबस्था रहन्छ । यो साता २६११ विन्दुमा बन्द भएको बजारले अबको सपोर्ट २५८० विन्दु आसपासमा लिन सक्छ । यदि यहाँबाट बजार फर्कन्छ भने बजारले डबल बटम बनाएर माथिको यात्रा लिन सक्छ । तर बजारमा अति खराब अबस्था आएको खण्डमा यो विन्दुमा सपोर्ट लिन सकेन भने त्यसपछि इलिअट वेभको ‘ए’ बराबर ‘सी’ वेभ हुन्छ भन्ने सिद्धान्तको आधारमा बजारको करेक्सन २४४० विन्दुसम्म पनि हुन सक्छ ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा यो साता बजारले २० दिनको मूभिङ एभरेजको भोल्युम भन्दा तल आएर बन्द भएको छ । यस हिसाबले पनि बजारमा केही समय साइडवेजको सम्भावना अधिक देखिन्छ । पिभट् प्वइन्टबाट नियाल्दा पनि यो साता पिभट् प्वइन्ट भन्दा तल बन्द भएको कारण बजारमा बिक्री दबाब आएको देखिन्छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो साताको बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । तर तल्लो ब्याण्डमा आइसकेको अबस्था भने छैन । म्याक्डीमा यो साता बजारमा बियरिस क्रसओभर बनेको छ । आरएसआई ३९ को तहमा चलेको देखिन्छ । एमएफआई ३२ को तहमा रहेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो साता बजारमा करेक्सन आएको र अझै केही समय चल्न सक्ने देखिन्छ ।  

तस्बिर यहाँ राख्ने

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८१९

प्रतिरोध २ – २७७९

प्रतिरोध १–  २७०१

पिभट् प्वइन्टः २६६२

घटेमा सपोर्ट  

सपोर्ट १– २५८४

सपोर्ट २– २५४४

सपोर्ट  ३ –२४६६

निष्कर्षः यो साता नेप्सेमा करिब ५० अंकको गिरावट आयो । अघिल्लो साता बजार करिब ३८ अंकले बढेको थियो  । डेली बेसमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा यो साता बजारले  मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । आरएसआई न्यूट्रल जोन ४१ मा चलेको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा पनि बजार ५० दिने मूभिङ एभरेज र २०० दिने मूभिङ एभरेजबाट पनि तल खसेको छ ।  

कारोबार तथा भोल्युमबाट नियाल्दा पनि बजार २० दिने मूभिङ एभरेज भन्दा तल खसेको छ । यस हिसाबले बजारलाई बिभिन्न प्राइस एक्सन तथा मुभिङ एभरेजबाट नियाल्दा बिक्री दबाब परेको देखिन्छ । क्षेत्रगत रुपमा यो साताको बजारलाई नियाल्दा बिकास बैंक र होटल्स क्षेत्रमा बाहेक सबै क्षेत्रमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.