काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १५२.९२ रुपैयाँ र बिक्रीदर १५३.५९ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८१.५० रुपैयाँ र बिक्रीदर १८२.३० रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१७ रुपैयाँ र बिक्रीदर ३७.३३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९५ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७८ रुपैयाँ र बिक्रीदर ३१.९२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४६ रुपैयाँ र बिक्रीदर ३७.६२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७८ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.१७ रुपैयाँ र बिक्रीदर ४४६.१२ रुपैयाँ कायम भएको छ ।