काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुटसहितको पुनर्जागरण अभियान शुरु गरेको छ। कम्पनीले विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो
यस पुनर्जागरण अभियान जेठ १ गतेदेखी २५ गतेसम्म लागू हुनेछ।पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ। सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ।
संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई व्यतित बीमालेख नबिकरण गरिमौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बीमा अनिवार्य रहेको कम्पनीले जनाएको छ।
ग्राहकहरुले संस्थाको देशैभरि रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                