बिहीबार, श्रावण १४,२०८३ 01:26:00
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:26:01
Bizshala
Global IME Bank Limited

तेह्रथुम पावरको सेयरमूल्य समायोजन

तेह्रथुम पावरको सेयरमूल्य समायोजन
New Office

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३४७.०६ रुपैयाँ कायम भएको छ ।  

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५९४.११ रुपैयाँ कायम थियो । आजको कारोबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यका आधारमा कारोबारमा आउनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी शतप्रतिशत अर्थात १ः१ अनुपातमा ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.