काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.७३ रुपैयाँ र बिक्रीदर १३७.३३ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १५५.०३ रुपैयाँ र बिक्रीदर १५५.७१ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८३.३६ रुपैयाँ र बिक्रीदर १८४.१७ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९८ रुपैयाँ र बिक्रीदर १९.०६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.०२ रुपैयाँ र बिक्रीदर ३२.१६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९४ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४५.५८ रुपैयाँ र बिक्रीदर ४४७.५३ रुपैयाँ कायम भएको छ ।