आईतवार, फाल्गुन ११,२०८१ 11:18:09
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:18:09
IME remit
Global IME Bank Limited

देउवाले गरे केपी ओलीलाई प्रधानमन्त्रीको अफर, नयाँ गठबन्धन भत्काउने अभियानमा अरु को-को ?

Hyundai Nepal
देउवाले गरे केपी ओलीलाई  प्रधानमन्त्रीको अफर, नयाँ गठबन्धन भत्काउने अभियानमा अरु को-को ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली कांग्रेसले एमालेसहित चार दलको संलग्नतामा बनेको नयाँ सत्ता समीकरण भत्काउने खेल सुरु गरेको छ ।  

प्रतिनिधिसभाको तेश्रो शक्ति भएर पनि माओवादी केन्द्रले सत्तामा लगातार हालीमुहाली गरेको निश्कर्षसहित कांग्रेसका शीर्ष नेताहरु नै नयाँ सत्ता गठबन्धन भत्काउने खेलमा सक्रिय भएका हुन् ।  

यो क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो राति नयाँ गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी प्रधानमन्त्रीको अफर गरेका छन् । कांग्रेसस्थित एक उच्च स्रोतका अनुसार देउवाले माओवादीलाई पन्छाएर एमाले, कांग्रेस, राप्रपा र रास्वपासहितको बलियो गठबन्धन बनाएर अगाडि बढ्न समेत प्रस्ताव गरेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

देउवाले एमालेलाई बाँकी रहेको पूरै कार्यकाल प्रधानमन्त्री बन्नेसम्मको अफर गरेका छन् ।  

यस्तै, नयाँ गठबन्धन बनाउन तयार भए एमालेलाई राष्ट्रियसभा अध्यक्षमा समेत सहयोग गर्ने देउवाले बचन दिएका छन् ।  

देउवाको यो प्रस्तावले एमालेभित्र हलचल पैदा गरिदिएको स्रोतको दाबी छ । पूरै कार्यकाल प्रधानमन्त्री पाइन्छ भने तेश्रो शक्ति(माओवादी)लाई बेवास्ता गरेर अगाडि बढ्ने विषयमा केही नेताहरु सकारात्मक बने पनि ओलीले आफ्नो निर्णय दिइहालेका छैनन् । ओलीले लामो समयदेखिको प्रयासमा बाम एकताको जग बसालिएको र यो टुट्न दिन नहुने अडान सुरुवातदेखि नै राखे पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा अन्य साना बाम घटक नयाँ गठबन्धनमा सहभागी हुन खासै तयार नभएपछि राजनीतिमा नयाँ खेल सुरु भएको हो ।  

हिजो रास्वपाका अध्यक्ष रवि लामिछानेलाई पनि कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको बताइएको थियो । तर रास्वपा स्रोतले देउवाले आकर्षक मन्त्रालयसहित सरकारमा सहभागी हुन अनुरोध गरेका पुष्टि गरेको छ ।  

नयाँ गठबन्धन भत्काएर एमाले, कांग्रेससहितको गठबन्धन बनाउने अभियानमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देन समेत सक्रिय बनेका छन् । उनले हिजो र आज गरी समाजवादीका अध्यक्ष माधव नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुलाई भेटिसकेका छन् ।  

लिङ्ग्देनलाई ओलीको खास मान्छेको रुपमा समेत कतिपयले चिन्छन् । लिङ्ग्देनको सक्रियताले माओवादी केन्द्रका नेताहरु झस्किएका स्रोतहरुको दाबी छ । ओलीको खास मान्छे भएर पनि नयाँ गठबन्धनमा आउन नमान्नू(नलिइनु) र अहिले कांग्रेसको समीकरण फुटाउ अभियानमा सहभागी हुनुलाई माओवादीका नेताहरु शंकास्पद भनिरहेका छन् ।  

बाम एकताको सन्देशसहित अगाडि बढेका माओवादी र एमालेलाई आफ्नो बशमा पार्नका लागि एकीकृत समाजवादीलाई फकाउने उद्देश्यले कांग्रेस सभापति देउवा बुधबार बिहान कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेका छन् । पत्नी आरजू देउवा र केही नेतासहित त्यहाँ पुगेका देउवाले आकर्षक प्याकेजसहितको सत्ता सहकार्यको प्रस्ताव गरेका बताइएको छ ।  

एकातिर नयाँ सत्ता समीकरणमा सहभागी दलहरुबीच मन्त्रालय भागबण्डामै रडाको मच्चिरहेको र मालदार मन्त्रालयमा तीव्र बार्गेन चलिरहेको बेला कांगे्रसले थालेको अभियानले सशंय पैदा गरिदिएको छ । दलहरुले राजनीतिको नाममा प्रदर्शन गर्न थालेका ताण्डवबाट सर्वसाधारण भने आजित देखिएका छन् । सामाजिक सञ्जालहरुमा राजनीतिको फोहोरी खेलविरुद्ध सर्वसाधारण तीव्र रोष प्रकट गरिरहेका छन् । आर्थिक अवस्था डामाडोल भएको मुलुकमा अजेण्डामा भन्दा पनि सत्ताको खेलमा निर्वाचित दल तथा नेताहरु सक्रिय बनेकामा जनस्तरमा तीव्र असन्तुष्टि देखिएको छ ।  

भारतको खेल

एमाले, माओवादीसहित बनेको नयाँ सत्ता गठबन्धनलाई भारतले आफ्नो कम्फरटेबल नरहेको विश्लेषण गरेको छ । यही विश्लेषणसहित भारतीय दूतहरु समेत नयाँ गठबन्धनलाई भत्काएर कांग्रेससहितको अर्को नयाँ समीकरण बनाउने खेलमा लागेको स्रोतहरु बताउँछन् ।  

एमाले, माओवादीसहितको नयाँ गठबन्धनलाई भारतका प्रमुख मिडियाहरुले चीनले बनाइदिएको गठबन्धन भनेर संज्ञा दिएका थिए । बाम घटकलाई मिलाउन चिनियाँ शक्तिहरु सक्रिय रहेका र उनीहरुले सफलता पाएका आशंकालाई चिनियाँ राजदूतले नयाँ समीकरणको स्वागतमा निकालेको विज्ञप्तिले समेत थप बल पुर्याएको थियो ।  

यसबैच, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो राति बुढानिलकण्ठमा गएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । त्यहाँ उनले कम्युनिष्ट एकतालाई रोक्नुपर्ने र कम्युनिष्टको नाममा चीनले गरिरहेको चलखेल समाप्त पार्न पनि कांग्रेस अगाडि आउनुपर्ने बताएका देउवा निकट स्रोतले दाबी गरेको छ ।  

भारतको यो अभियानमा एमसीसी लागू गराइछाडेको अमेरिकी शक्तिको समेत होस्टेमा हैसे छ । अमेरिका पनि नेपालमा चीनको प्रभूत्व जमेको हेर्न चाहदैन ।  

हिजै नेपाली कांग्रेसको कार्यदलको बैठकमा नेताहरुले माओवादीले अहिले खेल देखाएको, केही दिनपछि उसले कांगे्रसको खेल हेर्नेसम्मको अभिव्यक्ति दिन भ्याएका थिए । त्यो अभिव्यक्ति पछाडिको अन्तर्य भारतीय पक्षको ढाडस र नयाँ समीकरण बन्ने प्रवल सम्भावना नै रहेको बताइएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.