• बिहीबार, भाद्र २६,२०८२ 09:52:13
Global IME Bank Limited

चर्को मूल्यवृद्धि रोक्दै सस्तोमा चामल उपलब्ध गराउने जापानका नवनियुक्त कृषिमन्त्रीको प्रतिबद्धता

Hyundai Nepal
चर्को मूल्यवृद्धि रोक्दै सस्तोमा चामल उपलब्ध गराउने जापानका नवनियुक्त कृषिमन्त्रीको प्रतिबद्धता

काठमाण्डौ । जापानका नवनियुक्त कृषिमन्त्री सिन्जीरो काईजुमीले तत्कालै सस्तो मूल्यमा चामल उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका छन् । उनले यसका लागि चामललाई सरकारी भण्डारणबाट हालको मूल्यभन्दा सस्तो मूल्यमा खरिद गर्न सकिने स्टोरहरुमा स्थानान्तरण गरिने बताए ।  

उनले विदेशी सस्तो चामलप्रतिको आकर्षण कम गर्न यस्तो कदम चालिन लागेको समेत बताए । अत्यधिक गर्मीका कारण बाली नष्ट हुँदा र पर्यटन क्षेत्रमा आएको उछालका कारण वृद्धि भएको अतिरिक्त मागका कारण हाल जापानमा चामलको मूल्य आकाशिएको छ । माथिल्लो सदनको निर्वाचन आगामी जुलाईमा हुन गईरहेकाले चामलको मूल्यवृद्धिको समस्या सरकार र आम उपभोक्ता दुवैका लागि मुख्य चासोको विषय बनेको छ ।  

गत मार्चदेखि जापान सरकारले आफ्नो भण्डारणमा रहेको चामल आपूर्ति गर्दै आईरहेको छ तर यसलाई न्यून सुपरमार्केट मूल्यमा परिणत गर्न भने सकेको छैन ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कृषिमन्त्री कोईजुमीले हालसको अस्वभाविक मूल्य वृद्धिलाई घरेलु उत्पादनले कम गर्ने बताएका छन्े । ‘ट्यारिफका बाबजुत पनि हाल सुपरमार्केटहरुले अमेरिकाबाट प्रत्यक्ष चामल खरिद गरिरहेका छन् । यो अस्वभाविक अवस्थालाई हामीले तत्कालै निदान गर्न आवश्यक छ,’ उनले भने ।  

जापानका पूर्व प्रधानमन्त्री जुनिचिरो कोईजुमीका छोरा सिन्जीरो काईजुमीले दुई दिनअघि मात्रै कृषिमन्त्रीको सपथ लिएका हुन् । चामलको मूल्यवृद्धिको विषयमा व्यापक जनआका्रेश बढेसँगै यसअघिका मन्त्री टाकु इटोले राजीनामा दिन बाध्य भएका थिए ।  

नवनियुक्त कृषिमनत्री कोईजुमीले आगामी जुनको सुरुवातसम्म प्रत्येक स्टोरमा प्रति ५ केजीको मूल्य ३ हजार येन पर्ने गरेर चामलको भण्डारण गर्ने लक्ष्य रहेको बताए ।  

शुक्रबार प्रकाशित राष्ट्रव्यापी उपभोक्ता मूल्य सूचकअनुसार चामलमा भएको मूल्यवृद्धिका कारण अप्रिल महिनामा समग्र खाद्यान्नको मुद्रास्फिती ७ प्रतिशत पुगेको छ । जबकि मार्चमा यो दर ६.२ प्रतिशत थियो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.