मंगलवार, आश्विन १३,२०८३ 06:29:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:29:27
Bizshala
Global IME Bank Limited

रिलायबल लाइफद्वारा घातक रोगवापत रु.२० लाख बीमा दाबी भुक्तानी

Bizshala
रिलायबल लाइफद्वारा घातक रोगवापत रु.२० लाख बीमा दाबी भुक्तानी
New Office

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँंको घातक रोगवापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीबन बीमालेख खरिद गरेका भरतपुर–घ, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।  

बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भुक्तानी गरेको अवस्थामा २०८० वैशाख २ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजोसम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाण्डौ लगिएको र डाक्टरको सल्लाहबमोजिम नै २०८१ पौष १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपालमा अत्यन्तै महंगो उपचार पद्धतीमध्येको एक मानिने कलेजो प्रत्यारोपणका लागी झण्डै ४० लाखसम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अघि बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पूर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीद्वारा जेठ ७ गते बुधबारका दिन हाकिमचोक शाखामा आयोजित एक कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गरेका शाखा प्रमुख राजकुमार दाहालले उक्त दाबी रकम रु.२० लाखको चेक बीमितलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफूलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्ण हल्लाहरु निराधार साबित भएको समेत बताए । ‘  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.