मंगलवार, फाल्गुन १२,२०८२ 02:37:44
Bizshala
  • मंगलवार, फाल्गुन १२,२०८२ 02:37:44
Bizshala
Global IME Bank Limited

सान्भी इनर्जीको आईपीओमा ६.७५ गुणा बढी आवेदन

सान्भी इनर्जीको आईपीओमा ६.७५ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै ६.७५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आईपीओमा १३ लाख १० हजार ५६४ जनाले आवेदन दिएका हुन् ।  

कम्पनीको आइपीओमा १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन परेको हो ।  

कम्पनीले आम सर्वसाधारणका लागि कुल २४ लाख १८ हजार ३ सय कित्ता आईपीओ जारी गरेको हो ।  कम्पनीले जारी पूँजी रु. ८८ करोड रुपैयाँको ४३.०७ प्रतिशत अर्थात ३७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत चैत ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

जस मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र सर्वसाधारणहरुको लागि सार्वजानिक निष्काशन गर्न छुट्टयाइएको जारी पूँजीको ३३।०७ प्रतिशत अर्थात २९ लाख १० हजार कित्तामध्ये नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १० प्रतिशत अर्थात २ लाख ९१ हजार कित्ता गत वैशाख ५ गतेदेखि १९ गतेसम्म निष्कासन गरिएको थियो ।  

यस्तै कम्पनीले ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ५८ हजार २ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरी बाँकी रहेको सेयर आम सर्वसाधारणलाई जारी गरेको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा जेठ १३ गते  र ढिलोमा जेठ २३ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.