काठमाण्डौ । रिटेल चेन कम्पनी भाटभटेनी सुपर मार्केटको २७ औं आउटलेट झापाको दमकमा खुलेको छ । कम्पनीले यही फागुन २३ गते दमकमा भाटभटेनी सुपर मार्केट उद्घाटन गरेको हो ।
सुविधाजनक सुपर मार्केटमा किनमेल गर्ने दमकवासीको चाहनालाई सम्मान गर्दै भाटभटेनी समूहले आफ्नो सेवा विस्तार गरेको जनाएको छ । उद्घाटनका दिन हरेक सामानमा विशेष छुट दिइएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।