शुक्रबार, जेष्ठ १,२०८३ 11:42:36
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:42:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भाटभटेनी समूहले विशेष आर्थिक क्षेत्र भैरहवामा गार्मेन्ट उद्योग सञ्चालन गर्ने

Laxmi Sunrise Bank Limited
भाटभटेनी समूहले विशेष आर्थिक क्षेत्र भैरहवामा गार्मेन्ट उद्योग सञ्चालन गर्ने
Shivam Cement

काठमाण्डौ । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

भाटभटेनी, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्यधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको छ ।

Bizshala
New Office
CG Motors

समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमिपूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन् ।

“यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ भने नेपालको औद्योगिक वातावरण सुधारोन्मुख रहेको सकारात्मक सन्देश प्रवाह गरेको छ,” भाटभटेनीका सीओओ पानु पौडेलले भने ।

यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसले मुख्यतः स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्‍याउनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरुमार्फत् स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको पौडेलले जानकारी गराए ।

“यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउनेरणनीतिक योजनालाई विस्तार गर्नमात्र होइन, नेपालका औद्योगिक नीतिहरु र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ,” उनले भने ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.