• बिहीबार, भाद्र २६,२०८२ 04:10:22
Global IME Bank Limited

जीवन बीमकहरुको नयाँ व्यवसायमा देखियो उल्लेख्य सुधार, सबै कम्पनीको देखियो ग्रोथ

Hyundai Nepal
जीवन बीमकहरुको नयाँ व्यवसायमा देखियो उल्लेख्य सुधार, सबै कम्पनीको देखियो ग्रोथ

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । बीमकहरुले गत आवको तुलनामा नयाँ व्यवसाय २३.५३ प्रतिशतले बढाएका छन् ।  

नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको १० महिनासम्ममा नयाँ व्यवसायमार्फत् २९ अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  

गत आवको सोही अवधिसम्म भने बीमकहरुले नयाँ व्यवसायमार्फत् २४ अर्ब २३ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेका थिए । सोही अवधिसम्म आइपुग्दा सबै जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा ग्रोथ देखिएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

केही महिनाअघिसम्म देशको अर्थतन्त्रले लय लिन नसक्दा जीवन बीमकहरुको नयाँ व्यवसाय भनेजस्तो बढ्न सकेको थिएन । आर्थिक मन्दी, व्यवसाय फस्टाउन नसक्नु, रोजगारको अवसर सिर्जना नहुनु र उद्योग तथा कलकारखानाहरुको विस्तार हुन नसक्दा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत बीमाशुल्क आर्जन बढाउन सकिरहेका थिएनन् ।  

तर चालु आवको १० महिनासम्म आइपुग्दा सबै बीमकहरुको यस्तो व्यवसाय उल्लेख्य बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले बीमाको पहुँच बढाउन विभिन्न बीमासम्बन्धी वित्तीय साक्षरता र जनचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् ।  

देशको अर्थतन्त्रमा विस्तारै सुधार देखिन थालेको छ । सर्वसाधारणहरुको आयस्तर बृद्धि हुँदै गएसँगै बीमा गर्नेहरुको संख्या पनि बढ्न थालेको देखिएको छ । साथै बीमकहरुले बीमाको पहुँच बृद्धि गर्न ग्रामिण क्षेत्रहरुमा डिजिटल माध्यमबाटै बीमा गर्न सकिने सुविधा समेत ल्याएका छन् । यसले पनि बीमकहरुको नयाँ व्यवसाय बढाउनमा टेवा पुगेको छ ।  

सो अवधिसम्म सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्यानेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ७ अर्ब ११ लाख रुपैयाँ प्रिमियम नयाँ व्यवसायमार्फत संकलन गरेको छ । कम्पनीले एक्लैले सो अवधिसम्म २३।७७ प्रतिशत प्रथम बीमा शुल्क आर्जन गरेको हो ।  

त्यस्तै, नेशनल लाइफले ४ अर्ब २८ करोड, सूर्यज्योति लाइफले २ अर्ब २७ करोड, एलआइसी नेपालले २ अर्ब १३ करोड, हिमालयन लाइफले २ अर्ब ५ करोड, सिटिजन लाइफले १ अर्ब ७२ करोड, एशियन लाइफले १ अर्ब ५६ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ५३ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ३६ करोड, आइएमई लाइफले १ अर्ब २८ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २१ करोड, सन नेपाल लाइफले १ अर्ब २० करोड, मेट लाइफले १ अर्ब ११ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।  

गत आवको तुलनामा सबैभन्दा धेरै नयाँ व्यवसाय बढाउनेमा भने राष्ट्रिय जीनव बीमा कम्पनी रहेको छ । कम्पनीले १२२.४४ प्रतिशतले यस्तो व्यवसाय ग्रोथ गरेको छ ।

 

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.