जीवन बीमकहरुले १३.६४% ले बढाए नयाँ व्यवसाय, आइएमई र सन नेपाल लाइफको खस्कियो
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय १३.६४ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ५ महिनासम्ममा जीवन बीमकहरुले १२ अर्ब ४७ करोड १ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।यो जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन भने वैदेशिक रोजगार बीमालेख बाहेकको हो । गत आवको सोही अवधिसम्म भने जीवन बीमकहरुले १० अर्ब ९७ करोड ३२ लाख रुपैयाँ...