मंगलवार, कार्तिक ३,२०८३ 02:18:34
  • मंगलवार, कार्तिक ३,२०८३ 02:18:34
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.१.७३ खर्बको प्रिमियम, सबैको व्यवसाय वृद्धि

Bizshala
जीवन बीमा कम्पनीहरुले आर्जन गरे रु.१.७३ खर्बको प्रिमियम, सबैको व्यवसाय वृद्धि
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमा कम्पनीहले १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका छन् ।

यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १२.६२ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा जीवन जीवन बीमकहरुले १ खर्ब ५४ अर्ब ५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस  अवधिसम्म आइपुग्दा सबै जीवन बीमकको व्यवसाय उल्लेख्य बढेको छ । सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा भने नेपाल लाइफ रहेको छ । कम्पनीले ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम भित्र्याएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १२।५३ प्रतिशत बढी हो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, नेशनल लाइफले २२ अर्ब २१ करोड, एलआइसी नेपालले १८ अर्ब ४८ करोड, हिमालयन लाइफले १५ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड, सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड, एशियन लाइफले ८ अर्ब ७१ करोड, सिटिजन लाइफले ७ अर्ब ५९ करोड, सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड, मेट लाइफले ६ अर्ब १० करोड, आइएमई लाइफले ६ अर्ब ७१ करोड, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड, रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड र सन नेपाल लाइफले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

गत आवको तुलनामा सर्वाधिक व्यवसाय ग्रोथ गर्ने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको व्यवसाय ३०.७९ प्रतिशतले बढेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.