मंगलवार, आश्विन १३,२०८३ 06:34:45
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:34:45
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे १ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ

Bizshala
जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे १ खर्ब प्रिमियम, सबैको व्यवसाय ग्रोथ
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साढे एक खर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले चालु आवको ११ महिनासम्ममा १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा १५.२९ प्रतिशत बढी हो । 

गत आवको सोही अवधिसम्म जीवन बीमकहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । गत आवको तुलनामा सबै जीवन बीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि भएको छ देखिएको छ । सो अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १५.३५ प्रतिशत बढी हो । गत आवको सो अवधिसम्म कम्पनीले ३५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । नेपाल लाइफको यो व्यवसाय कुल व्यवसायको २६.६२ प्रतिशत हिस्सा हो ।

त्यस्तै, नेशनल लाइफले १८ अर्ब ९० करोड, एलआइसी नेपालले १७ अअर्ब २४ करोड, हिमालयन लाइफले १५ अर्ब २२ करोड, सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६ करोड, एशियन लाइफले ७ अर्ब ८६ करोड, सिटिजन लाइफले ६ अर्ब ३२ करोड, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड, मेट लाइफले ५ अर्ब ५४ करोड, आइएमई लाइफले ४ अर्ब ७२ करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ ।कम्पनीको व्यवसाया ५१.२० प्रतिशतले बढेको छ ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.